काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवद्र्धनमा सहयोग

काठमाडौं। काठमाडौँ महानगरपालिकाले वाल्मीकि विद्यापीठलाई रु २० लाख आर्थिक सहयोग गरेको छ।

Advertisement 1

महानगरपालिका शिक्षा विभागले संस्कृत शिक्षा प्रवद्र्धन शीर्षकअन्तर्गत नेपाल संस्कृत विश्वविद्यालयको उक्त विद्यापीठलाई फर्निचर तथा पुस्तकालय विकास अनुदान कार्यक्रमका लागि रु २० लाख सहयोग गरेको हो।

महानगरपालिका शिक्षा विभागका प्रमुख नमराज ढकालले सो रकम वाल्मीकि विद्यापीठका प्राचार्य अच्युत लामिछानेलाई हस्तान्तरण गरे।

Advertisement 2

विद्यापीठका नाममा निकासा भएको रकम लक्षित उद्देश्यअनुरूप कार्य अघि बढाउन खर्च गरिने प्राचार्य लामिछानेले राससलाई जानकारी दिए।

महानगरपालिकाले संस्कृत शिक्षा प्रवद्र्धनका लागि आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाएकोसमेत उनले सुनाए।

प्रकाशित :२०८३ कार्तिक १३ गते, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]