लोकसेवा पास नगरी १८ सयले पाउँदैछन् सरकारी जागिर


कोरोना कहरका कारण गत चैत्रदेखि यता लोकसेवा आयोगको विज्ञापन प्रभावित भएको छ । आयोगका परीक्षा रोकिएको छ। प्राविधिक, अप्राविधिक लगायतको सहसचिव विज्ञापन बाहेकका सबै परीक्षा कोरोना कहरका कारण प्रभावित बन्न पुगेको छ ।
लोकसेवा आयोगका अनुसार कोरोना महामारीले झण्डै डेढ लाख परीक्षार्थीको परीक्षा यस वर्ष रोकिएको छ।
यद्यपि सरकारले केही मन्त्रालय,मातहतका निकायहरुमा लोकसेवा परीक्षा नै नलडी सरकारी जागिर खान पाउने नयाँ र सजिलो विकल्प ल्याएको छ । पछिल्ला मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय,आयोग र निकायहरुमा अस्थायी दरबन्दी सृजना गरी यस्तो अवसर सृजना गरेको हो ।
मन्त्रिपरिषद्को गत साउन पहिलो साताको बैंठकले १६ सय ८१ अस्थायी दरबन्दी सिर्जना गरेको छ । यसमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ७ सय १५, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत ३ सय ७७, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत ३ सय ६७ र खानेपानी मन्त्रालय अन्तर्गत २ सय २३ अस्थायी दरबन्दी स्वीकृत भएको हो । यस्तै, साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले थप अस्थायी दरबन्दी स्वीकृत गरेको थियो । सो बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत २ सय ३९ र कानुन, न्याय तथा संसदीय मामिला अन्तर्गत ४४ वटा दरबन्दी स्वीकृत गरेको छ । यी सबै गरी झण्डै १८ सयका लागि लोकसेवा परीक्षा पास नै नगरी सरकारी जागिर खाने अवसर छ । तर, यसरी खान पाइने सरकारी जागिर स्थायी भने होइन ।

प्रकाशित :२०७७ आश्विन २, शुक्रबार १२:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry