मुस्ताङको ठिनी खोला पुल उद्घाटन

मुस्ताङ। जिल्लाको घरपझोङ गाउँपालिकाको पाँचै वडा जोड्ने चक्रपथ सडकअन्तर्गत ठिनी खोलामा नवनिर्मित पक्की पुल उद्घाटन गरिएको छ।

Advertisement 1

गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री नन्दप्रसाद न्यौपानेले रु चार करोड ४६ लाखको लागतमा तयार भएको उक्त पुलको आज उद्घाटन गरेका हुन्। मन्त्रालय अन्तर्गत लम्बाइ ३५ मिटर र ८.४ मिटर चौडाइको उक्त पुल निर्माणपछि पर्यटकीय गन्तव्य ढुम्बाताल, ढुम्बा, सम्ले, छैरो, चिमाङ, ठिनी र मार्फा क्षेत्रमा बाह्रै महिना सडक आवागमनमा सहज हुनेछ।

प्रकाशित :२०८३ कार्तिक ३० गते, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]