आइ फ्लू (Viral Conjunctivitis) रोग र रोकथामका उपायहरु

पछिल्लो समय आँखा पाक्ने रोग फैलिरहेको छ नेपालमा । देशैभर फैलिएको यो रोग महामारीनै बन्न पुगेको छ । स्वास्थ्य संस्थाहरूमा समेत आँखा पाक्ने रोगका बिरामीको संख्या बढ्दो रूपमा देखा परिरहेको छ । विद्यार्थीहरूमा आँखाको संक्रमण बढेकोले कतिपय विद्यालयहरु समेत बन्द भएका छन् । श्रावण पहिलो हप्तादेखी देखिएको यो समस्या हालसम्म पनि कम भएको छैन ।

Advertisement 1

बर्खायाममा मौसम परिवर्तन भएसँगै यो संक्रमण प्राय देखा पर्दछ, तर यो वर्ष भने यो समस्याले माहामारीको रूप लिएको छ । यदि कसैलाइ आइ फ्लू देखिएको छ भने यसलाई साधारण रूपमा लिनु हुँदैन । आई फ्लू एकदमै छिटो सर्ने संक्रमण हो, जुन यो वर्षादको मौसममा छिटो सदर्छ ।

आइ फ्लूलाई भाइरल कन्जन्क्टिवाइटिस (Viral Conjunctivitis)भनिन्छ। यसको लक्षणहरूमा आँखा दुख्ने, पोल्ने, रातो हुने, बिझाउने आदी हुन्छन् । यो रोगमा हुने भनेको आँखाको एलर्जी हो। आइ फ्लू सबै उमेरका व्यत्तिहरूलाई हुन्छ, तर धेरैजसो बालबालिकाहरूमा बढि देखिएको छ। आइ फ्लूको लक्षण चिन्ह देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ ।

Advertisement 2

कारणहरू:

आइ फ्लू संक्रमण सामान्यतया एकजनाबाट सुरु भई अरूको आँखामा फैलिन्छ । वर्षातको समयमा आद्रता बढि भएको हावाबाट संक्रमण फैलाउने किटाणु बढि सकृय हुने भएकोले संक्रमणको संभावना बढ्छ। आई फ्लू एकदमै संक्रामक सरूवा रोग हो । यो रोग संक्रमितले छोएको हातले छोएको बस्तुमा स्वस्थ मान्छेले छोएर स्वस्थ आँखामा छुदा, हात मिलाउदा मात्र सर्छ । त्यसैले तपाइँ कुनै सतहलाई छुनुहुन्छ भने, तपाइँको आँखा छुनु अघि तपाइँका हात राम्ररी सफा गर्ने र बिनाकारण आँखालाई बारम्बार नछुने गर्नुपर्छ । पावर नभएको साधारण चस्मा लगाइयो भने बारम्बार आँखा छोइने समस्याबाट पनि बच्न सकिन्छ ।

Advertisement 3

आई फ्लूको लक्षणहरू:
*आँखा धेरै दुख्ने,
*रातो हुने र उज्यालोमा हेर्न अप्ठेरो हुने,
*परेला टाँसिने र पहेँलो कचेरा आउने,
*आँखा चिलाउने, आँखा धमिलो हुने, पोल्ने,
*आँखाबाट आँसु आइरहने र केही चिल्लोपन महसुस हुने हुन्छ ।

आई फ्लू बाट कसरी बच्ने ?

-धारामा बगिरहेको सफा र चिसो पानीले दिनमा धेरै पटक आँखा धुने, सफा भाँडामा पानि राखेर आँखा डुवाइ खोल्ने र बन्द गर्ने गर्नुपर्दछ ।

-स्वास्थ्यकर्मीले तोकेको आइ ड्रपहरू प्रयोग गर्नुपर्दछ ।

-सफा हातले मात्र आँखा छुने, आँखा नमिच्ने र आई फ्लू भएका व्यक्तिसँग टाढै रहने गर्नुपर्छ ।

-तौलिया, लुगा, ओछ्यान, चश्मा, आँखा मेकअप सामग्री, आइ ड्रप अलग्गै राख्नुपर्छ र अरूसँग सेयर गर्नु हुदैन, बारम्बार आँखा झिम्काइरहने, आँखा चिलाएमा नमिच्ने र सफा पानि छ्याप्ने गर्नुपर्छ ।

-आँखामा कन्ट्याक्ट लेन्स प्रयोग गर्नुहुन्छ भने त्यसको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

-यस्तो माहामारीमा स्विमिङ पुलमा नुहाउनु हुँदैन ।

-साना बालबालिकाहरूलाई बारम्बार आफ्नो हात धुन र बारम्बार आँखा नछुन प्रोत्साहन दिनुपर्छ।

आइ फ्लू संक्रमण भएमा के गर्ने ?

यदि तपाईलाइ आई फ्लू भएको छ भने सार्वजनिक स्थलमा जानु हुदैन । आँखामा कालो चश्मा लगाएर मात्र बाहिर निस्कने गर्नुपर्छ । अन्य मान्छेसंग हात नमिलाउने र सार्वजनिक स्थानहरूलाई छुनु हुदैन । यदि तपाइ कर्मचारी हुनुहुन्छ भने केही दिन छुट्टी पनि लिन सकिन्छ । आँखा छुनुअघि र छोएपछी स्यानिटाइजर पनि प्रयोग गर्न सकिन्छ। दिनमा ४, ५ पटक चिसो पानिले आँखा सफा गरिरहनुपर्छ । स्टेरोइड भएको आइ ड्रप प्रयोग गर्नु हुदैन । त्यसैले स्वास्थ्यकर्मीको सल्लाहमा मात्र आइ ड्रप प्रयोग गर्नुपर्छ । आँखालाई स्वस्थ राख्न खानामा प्रसस्त भिटामिन ए, भिटामिन बी र भिटामिन सी भएका खानेकुराहरू खानुपर्दछ ।

याद गर्नुहोस्, आई फ्लू प्रायजसो १ हप्तादेखि १० दिन भित्रमा आफैं निको हुन्छ तर निको नभइ समस्या बढ्दै गएमा र हेर्नमा समस्या भएमा राम्रो नेत्ररोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि आफैँ प्रयोग गर्नु हुदैन । स्टेरोइड मिसाइएको वा गलत आइ ड्रपको प्रयोगले तपाईंको आँखालाई अझ खराब बनाउन सक्छ। यस्तो बेला आँखामा कुनैपनि बाहिरि बस्तु, तेल पनि हाल्नु हुँदैन ।

(न्यौपाने लहरेपौवा स्वास्थ्यचौकी,रसुवाका प्रमुख हुन ।)

प्रकाशित :२०८० भाद्र २७, बुधबार १०:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry