मै सामन्ती – २

उत्तर सशस्त्र द्वन्दका बेला सुदुर पश्चिमको पहाडमा जागीर प्राप्त भो । तै त्यो वेला उनीहरूले पनि मान्ने अर्थात कर्के नजर नपर्ने सरकारी कार्यालय जिल्ला अदालतको डिट्ठासाव को जागिर।

Advertisement 1

मुद्दा जनअदालतमै रोकिने र भर हुने त्यो वेलामा सदरमुकाम छेउका केही फौज्दारी अपराधका मुद्दा बाहेक शुन्यप्राय भएकाले श्रीमानको नाम मात्र जान्न पाइन्थ्यो तै वर्षमा एकाध दर्शन पनि मिलिहाल्थ्यो तराइका काजवाट फुर्सद हुँदा ।

अनि बाँकी एक अधिकृत श्रेष्तेदार एक थान सुव्वा तहशीलदार तेसपछिको रोलवाला डिटठा मै भइगएँ अरू त तामेल्दार मुखीया र अर्दली मेरा पछि परिगए अनि त मेरो मान खातिर कम हुने कुरै भएन ।

Advertisement 2

अदालत कसरी चलाउने वा चल्ने बारे पनि साविक मुलुकी ऐनको अदालती बन्दोबस्तीको महलै राखी के गर्ने के नगर्ने लेखिएकै थियो त्यो हामीले नजानेको कुरै भएन र त्यो हामीलाइ स्वयम लागू हुने कुरो पनि रहेन त्यो त रैतीकन पो त हामीलाई त कहाँवाट लागु हुने । न्याय प्रणाली स्थापना र बिकासमा योगदान दिनुपर्ने डिट्ठाले कुनै न कुनै अभ्यास त गर्नै पर्यो नी न्याय मर्न दिन्या छैन भनीकन कलकलाउँदाो उमेरमै डिट्ठाको पगरी गुथेपछि पछाडी हट्ने मेरो अहंकारले दिदै दिएन त्यो पनि कमर्शमा व्याचलर गर्दैगरेको होनहार सामन्त पो त !

अव अदालती बन्दोबस्तीले बन्देज लाउनु पर्ने बिषयमा बन्देज नै लाउनुपर्ने अवस्था आइसकेपछि त पछि थपिएका अर्का खड्का डिट्ठाले गजब ठट्टा मस्करीको अनुपम र रोचक रोचक शैली र कथाले म र सबैको भरपुर मनोरञ्जन पस्केर केही भए पनि कार्यालय समयको उपयोग गर्न भरपुर सघाउ पुग्यो । यस कुराले सामन्तवादको प्रशिक्षण प्रदान गतिलो संगै गर्यो नै । व्यवस्थापन भित्र कर्मचारी व्यवस्थापनका केही सिद्दान्त र तौरतरिका कण्ठ पारेको म स्वत: डिट्ठा नामधारीवाट महान सामन्तशाही भैसकेकोले अर्का डिट्ठाकै मस्करीलाइ सामाजिकीकरण अभिमुखीकरण हो ठानी मस्त भैरहेको थिएँ ।

Advertisement 3

अझ पहिले त न्याय प्रणालीलाइ मर्न कदापी दिइनेछैन भनीकन हामी सकल प्राणी मिलिकन सिजन अनुसारको फल घाम तापेर खानुपर्ने निश्कर्ष निकाल्दै गर्दा त्यसको उत्तम विकल्प के हुन सक्ला भन्ने बारे छलफलनै चलाइयो ।

लोकसेवा , लकसेवा, हकसेवा सबै अजमाइ एकैभेला भएका सकल अदालत परिवारबीच लकसेवा अर्थात चिट्ठा तानेर खाने र खुवाउने छुट्याउने फैसला भयो तर नियती न हो त्यो कागजको टुक्राले पनि त्यै गरीव सानो पद अनि बूढो हुँदै हुदै गलेका शरीरमात्रै छान्न थाले पछि अदालतकै प्रांगणमा तेस्तो अन्याय हुन नदिने कसम डिट्ठोले खायो र पालो कायम गरी सबैलाई न्यायप्रतिको विश्वास कायमै गरीयो तब सम्म डिट्ठा साब कम लेखापाल बढी भैसकेको पनि थियो त्यो पनि उदार लेखापाल । त्यसरी उदार न्यायप्रणाली चलाएको सामन्ती डिटठा सरूवा भै जाँदा आँखा त रसाउने भै गए त्यसपछिको ठाउँमा त झन उदार हुने बढि सामन्ती बन्ने दम्भ पलाएर आइहाल्यो नि !

अर्को ठाउँमा त एकसे एक ठुला सामन्त भाको ठाउँमा म जस्तो फुच्चे त्यो पनि सबै समान भन्न खोज्ने सामन्तको त के ठाउँ रहनु तै एकादुइ सँग त कुस्ती खेलीयो र ढालियो पनि । भन्नलाई त भनिन्छ कार्यलय घर हो घरकै संस्कृतिमा चलाउने कोशीस गर्नुपर्छ हाकीमलाई अभिभावक मान्नुपर्छ र हाकिमले नी सोही वातावरण सृजना गर्ने र सो लाइ असल परमपराका रूपमा चलाउने निरन्तरता प्रदान गर्ने गराउने हो यही वास्तविकतालाइ खण्डीत गर्ने गतिविधी बढीरहेको पाइन्छ ।

आजभोली चाहे त्यो हाकिम होस वा कारीन्दा वा कर्मचारी सबैको अर्कोवाट एउटै अपेक्षा रहेको हुन्छ त्यो हो अहस्तेपकारी वा मौनम् स्वीकृति । जसले जहाँ जे गरेको छ गरीरहेकाो छ त्यो क्रमभंग कसैले गर्दै नगरोस । कोही पनि कसैको अगाडी टांग नअडाओस । उ आफुले के गर्दैछु मेरो गतिविधीले कसैलाइ मर्का पो परेको छ की ? उक्त गतिविधीले संस्था र सरकारप्रति अविश्वास पो सृजना गराउने हो की ? पटक्कै ख्याल गर्दैन बरू कतैवाट खतरा हुने या बाधा हुने लागेमा ठुलो पदको सिनियर वा हाकीम रैछ भने सामन्ती भो भन्दिन्छ र सानो कर्मचारी या सहकर्मी रहेछ भने राजनीति गर्यो भन्दिन्छ भन्या ।

यस्तैमा कार्यालयमा एकखालका कर्मचारी यस्ता अधिकारवादी हुन्छ जसको काम नै इस्यु क्रियट गरीदिने हुन्छ एउटा सिनियर पुरूष कर्मचारीले सहकर्मी वा जुनीयर महिला कर्मचारीलाइ बहिनी भन्दियो भने तेही इस्यु भो । एक जना हाकीमले आफ्नो ड्राइभरलाइ तिमि सम्बोधन गरेर बोलायो रे , सानो पदको भएर हेपेको रे । स्थायीले करारलाई हेप्यो रे ।

कुनै पुरूष कर्मचारीले कहिले कुनै महिला कर्मचारीलाइ मीठो गरी बाोल्यो भने सेक्सुअल्ली हर्यासमेण्ट गर्न खोजेको आरोप लाग्न नी सक्छ । यस्ता बिभिन्न साइको इनीसियटेड गेमहरू खेल्न थाल्ने हो भने साँच्चिकै हामी कार्यालयलाई घरेलु वातावरणमा लान सकौला त ? घरेलु वातावरण रहित कार्यथलो पनि त सुरक्षित कार्यवातावरण होइन नि । तसर्थ मनन गरौ सक्षम बनौ सामन्त बनौ राजसी सेवा लिउँ राजसी सेवा दिउँ तव मात्रै हाम्रो इज्जत प्रतिष्ठाले उचाइ लेला । जय सामन्ती मै सामन्ती ।

प्रकाशित :२०७७ मंसिर १६, मंगलवार ११:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry