हाकिम साब,किन प्रतिशोध साँध्दै हुनुहुन्छ करारका कर्मचारीलाई ?

शहरी विकास मन्त्रालयले लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुको नवीकरण नगर्दा समस्या उत्पन्न भएको छ ।

Advertisement 1

मन्त्रालयमा अहिले ३५ जना भन्दा बढी करारका कर्मचारीहरु कार्यरत छन् । सात ड्राइभर,८ जना कम्युटर अपरेटर र १७ जना कार्यालय सहयोगी रहेकामध्ये सात जना ड्राइभर र ४ जना कार्यालय सहयोगीको मात्र करार सम्झौता नवीकरण गरेपछि त्यहाँ लफडा उत्पन्न भएको बताइएको छ ।

कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव प्रदीप परियारले आफू निकटका करार कर्मचारीको मात्र वनीकरण गर्ने र अरु कर्मचारीको करार अवधि नवीकरण नगरेको बताइएको छ ।

Advertisement 2

करारका सम्झौता नवीकरण गर्दा हरेक बर्ष साउन महिनामा समस्या देखिदैं आएको छ तर यस बर्षजस्तो समस्या कहिल्यै नदेखिएको शहरी विकास मन्त्रालय स्रोतले जनाएको छ ।

३५ जना सहसचिवको दरबन्दी रहको सहरीमा २ वटा विभाग (सहरी विकास तथा भवन विभाग र स्थानीय पूर्वाधार विभाग) तथा ९ वटा निकाय छन् । काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर विकास कोष, राष्ट्रिय आवास कम्पनी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायत ९ वटा निकाय मन्त्रालयकै मातहत छन् । दरबन्दी भित्रै रहेका करार सेवाका कर्मचारीहरुलाई हटाएर झण्डै एक हजार अस्थायी दरबन्दी श्रृजना गर्ने खेल अहिले शहरी विकास मन्त्रालयमा चल्दैछ ।

Advertisement 3

सहसचिवको हिट लिष्टमा परेका करारका एक कर्मचारीले दुखेसो पोख्दै भने,’हेय भावले हेरिन्छ हामी करारका कर्मचारीलाई । अरु त छोडिदिऊँ, स्थायी नियुक्ति खाएका, कर्मचारीका नेताहरूले नै हेप्ने वा चेप्ने गर्छन्, गर्दै आएका छन् तर उनीहरू बढुवातर्फ केन्द्रित रही रातदिन लोकसेवा तयारी गरिरहँदा, अध्ययन बिदामा बसिरहँदा ग्राउण्ड लेबलमा बसेर कसले गरिरहेछ जनताको काम ? किन प्रतिशोध साँचिदैंछ, करारका कर्मचारीहरुलाई ?’ बर्षाैदेखि करार सेवामा कार्यरत कर्मचारीको रोजीरोटी खोसिए पछि ती कर्मचारीहरुको आँशु लाग्ने अर्काे करारका कर्मचारीले पीडा पोखे ।

करार सम्झौता नवीकरण नभएका मध्ये अर्का कर्मचारीले  इकर्मचारी डटकमसँग दुखेसो पोखे, ५८ बर्षसम्म जति फुँइ र फुर्तिफार्ती गरे पनि ५८ बर्ष बर्ष पूरा भएको भोलिपल्टै यही जमिन टेक्नुपर्ने होइन र ? ती हाकिमले पनि ? हाम्रो पेटमा लात्ती हान्न किन उद्धत हुनुभएको हो उहाँ ?

संघमा मात्र १४ हजार ४ सय बढी करार सेवाका कर्मचारीहरु रहेका छन् । यी सबै स्थायी दरबन्दी भित्रैका रहेको बताइन्छ । यता यो बिषयमा अखिल नेपाल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ पूर्व अध्यक्ष विमला आचार्यले भने करारका कर्मचारीहरुले एकीकृत र संगठित नहुँदा यो स्थिती पैदा भएको प्रतिक्रिया दिएकी छिन् ।

प्रकाशित :२०८० श्रावण २६, शुक्रबार १०:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry