बडिमालिका पूजाका लागि कालीकोटबाट सरकारी टोली प्रस्थान

oppo_0
कालीकोट। बडिमालिका पूजाका लागि कालीकोटबाट सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको छ। टोली आज पूजाको डोली बोकेर कालीकोटको सरकारी टोली कालीकोट र बाजुरा सिमानामा पर्ने बडिमालिका मन्दिर प्रस्थान गरेको हो।
Advertisement 1
जिल्ला प्रशासन कार्यालयका खरिदार लक्ष्मीरुद्ध धितालको नेतृत्वमा १० जनाको सरकारी टोली, मुख्य पुजारी हरिकृष्ण धमलासहित ३ जना पुजारी र अन्य स्थानीय बडिमालिका प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय अगाडिको मन्दिरमा पूजा गरेर बडिमालिका यात्रा सुरु भएको हो। परम्परादेखि नै यो चलन चलिआएको छ। स्थानीयले आफ्नो मनको इच्छा पूरा हुने आसमा ध्वजा, अक्षता नासो पठाएका छन्। हरेक वर्ष श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) मा बडिमालिका मन्दिरमा पूजाआजा गर्ने प्रचलन छ।
प्रकाशित :२०८२ श्रावण १६, शुक्रबार १७:०४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%