“नेताले कर्मचारी बिगारेको छ”
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनले कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको टिप्पणी गरेका छन् । उनले छोटो समय सरकारमा रहँदाका मेरा बुझाइहरु भन्दै सामाजिक संजालमा लेखेका हुन् ।
Advertisement 1
शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएसँगै उनले लेखेका छन् , ‘कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ । देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ ।’ त्यस्तै नागरिक समाज आवश्यकताभन्दा धेरै नकारात्मक रहेको पनि उनको अनुभव छ ।
लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी भएको राप्रपाले सत्ता गठबन्धनमा आएको परिवर्तनसँगै अस्तिदेखि सरकार छाडेको छ । राप्रपाका मन्त्रीहरुले शनिबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
Advertisement 2
छोटो समय सरकारमा रहँदाका मेरा बुझाइहरु ।।।● कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ ।
● देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ । ● नागरिक समाज आवश्यकताभन्दा धेरै नकारात्मक रहेछ ।● देश बनाउन नसकीने र नबन्ने रहेनछ । बनाउन सकिन्छ र बन्छ ।