महिलालाई यसरी जिउँदै खाल्डोमा पुरियो


एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो ।

Advertisement 1

सडक निर्माण क्रममा मार्ग अवरुद्ध भएपछि एक्स्काभेटरको गतिबिधि हेरिरहेको यात्रुवाहक बसका यात्रुले महिलालाई जिउँदै पुरेको देखेका थिए । स्थानीय र बसका यात्रुले महिलालाई जिउँदै पुरेको भनेर हल्ला गरेपछि एक्स्काभेटर चालक तत्काल फरार भए । पछि स्थानीयले खोस्रेर महिलालाई निकाल्दा ज्यान गइसकेको थियो । प्रहरीका अनुसार खाल्डोमा पुरिएकी महिलाको टाउकोमा ठूलो घाउबाट बगेको रगतले शरिर पूरै लतपतिएको थियो । शवको पोष्टमार्टम हुन सकेको छैन भने स्थानीयले सडक मर्मतमा प्रयोग भएको एक्स्काभेटरमाथि आगजनी र तोडफोड गरिदिएका छन् । चालक बुढाथोकी दाङ्गका हुन् ।

त्यतिबेला सडक मजदुर भने खाना खाँदै थिए । पछि तिनै मजदुरले खनेर कुमालको शव झिकेका थिए । शव घोप्टो परेको अवस्थामा भेटिएको थियो
। टाउकोमा ठूलो घाउ र रगत पनि देखिएको छ, सल्यानटारस्थित इलाका प्रहरी कार्यालयका सब इन्स्पेक्टर भानुभक्त आचार्यले भने । शव परीक्षणका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

Advertisement 2

घटनापछि उत्तेजित भीडले हरितारा कन्स्ट्रक्सनले प्रयोगमा ल्याएको उक्त एक्स्काभेटरमा ढुंगामुढा र आगजनी गरेको थियो । आगजनीबाट एक्स्काभेटर क्षतिग्रस्त भएको छ । चालकलाई तत्काल पक्राउ गरी कानुनसम्मत कारवाही हुनुपर्ने स्थानीयको माग छ ।

प्रकाशित :२०७७ फाल्गुन १८, मंगलवार ११:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry