आज २० किलो गाँजा, हिजो बिल बीजक भन्दा बढी लोड गरेको ट्रक नियन्त्रणमा

मकवानपुरको सशस्त्र प्रहरीले टाटा सुमोसहित २० किलो लागू औषध गाँजा बरामद गरेको छ। बिरगंज तर्फ लैजादै गरेको ठूलो परिमाणमा गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो।
Advertisement 1
हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे स्थित पुर्व पश्चिम लोकमार्गमा हेटौडाबाट बिरगंज तर्फ जाँदै गरेको ना १ ज ३६७७ नम्बरको टाटा सुमो चेकजाँच गर्ने क्रममा ४ प्याकेट अन्दाजी २० किलो गाँजा बरामद गरेको हो ।
आज साढे १ बजे विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी निरीइाक उत्तर वाईवाको कमाण्डमा खटिएको १३ जनाको टोलीले गाँजा सहित उक्त टाटा सुमोमा सवार भरतपुर महानगरपालिकाका सवारी चालक संगम गुरुङ्ग र बारा कलैया उपमहानगरपालिका २ बस्ने दिपेश यादवलाई ईलाका प्रहरी कार्यालय रातोमाटेमा बुझाएको गणपति अनिल कार्कीले जानकारी दिए ।
Advertisement 2
त्यस्तै हिजो बिल विजक भन्दा बढी विभिन्न किसिमका दाल, चामल आदी खाद्यान्य सामाग्रीहरु बोकेको माल बाहक गाडी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक ताम बहादुर थापा मगरको कमाण्डमा खटिगएको सात जनाको गस्ती टोलीले अन्दाजी सवा ११ बजे गाडी नियन्त्रणमा लिएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई स्थित पूर्व पश्चिम लोकमार्गमा बिरगंजबाट मनहरी तर्फ आउँदै गरेको बा ५ ख ३८५१ नम्बरको ट्रकलाई शंका लागि चेकजाँच गर्दा उक्त ट्रकमा रहेको बिल विजकमा उल्लेखित दाल, चामल आदी खाद्यान्य सामाग्रीहरु उल्लेख भएको तर १८ बोरा चिनीको उक्त विल बिजकमा ब्यहोरा उल्लेख नभएको हुँदा नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि पठाईएको छ ।