डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–४ असैनामा रु १ करोड ६७ लाख ७९ हजारको लागतमा नया वडा कार्यालय भवन निर्माण गरेको छ।

Advertisement 1

३ तले भवनमा १ प्रेक्षालयसहित सातवटा कोठा छन्। भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए। केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उनले बताए।

प्रकाशित :२०८२ भाद्र २०, शुक्रबार ११:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry