पाउलान त अग्रपंक्तिमा खटिनेले ५० प्रतिशत जोखिम भत्ता ?

सरकारले कोभिड–१९ को महामारीको समयमा अग्रपंक्तिमा खटिने कर्मचारीलाई शुरु तलबको थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । कोभिड–१९ को पहिचान, निदान, उपचार र बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीलाई शुरू तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिने प्रधानमन्त्रीले घोषणा गरेका हुन् ।

Advertisement 1

प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो उद्घोष गरेका हुन् । उनका अनुसार कोभिड माहामारीमा फ्रन्ट लाइनमा खटिने राष्ट्रसेवकहरुले अहिले पाइरहेको तलबको थप ५० प्रतिशत जोखिम भत्ता सरकारले दिने छ । यस्तै ती राष्ट्रसेवकको बीमा पनि गरिने भएको छ । कोरोना संक्रमित भएमा उनीहरूका परिवारको पनि उपचार गरिने प्रधानमन्त्री ओलीले उद्घोष गरेका छन् ।
यस्तै कोभिड संक्रमण सङ्क्रमण नियन्त्रणका लागि सुरक्षाकर्मीको व्यापक परिचालन गरिने भएको छ ।

ओलीले जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्ने समेत बताएका छन् । कोरोना परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्ने पनि जानकारी दिए ।

Advertisement 2

यस अघिको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीहरुले जोखि भत्ता नपाएको गुनासो गरेका थिए ।ज्यान जोखिममा राखेर अग्रपंक्तिमा खटिई कोरोना संक्रमितको उपचार गरेका स्वास्थ्यकर्मीले सरकारबाट पाउनुपर्ने जोखिम भत्ता बर्षाै दिनसम्म पनि नपाएको गुनासो उनीहरुले गरेका थिए ।

प्रकाशित :२०७८ बैशाख २१, मंगलवार १२:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry