नीलबाराही क्षेत्र संरक्षण तत्काल थालिँदै

भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले वडा–९ स्थित नीलबाराही मन्दिर क्षेत्रको संरक्षण एवं मर्मतसम्भार मध्यपुरथिमि नगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा गर्ने भएका छन्।
Advertisement 1
नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले यसबारे जानकारी दिदै मन्दिरको पूर्व र पश्चिमतर्फ भूक्षय नियन्त्रणका लागि गुरुयोजना पारित गरिएको छ भने रु २० करोड विनियोजन भएको बताए। तत्काल काम थालिने जानकारी पनि उनले दिए।
नगरप्रमुख श्रेष्ठले भने, “आगामी २ वर्षभित्रमा यो परियोजना सम्पन्न गर्नेछाँै। त्यसपछि नीलबाराही क्षेत्रलाई आकर्षक पर्यटकीय स्थलका रूपमा विकास हुनेछ। नीलबाराहीको ५०० रोपनीको सीमाङ्कन गर्नेछौँ।”
Advertisement 2
नगरपालिकाले उक्त परियोजनाबारे मङ्गलबार सर्वसाधारणलाई जानकारी दिँदै नक्सासहितको ‘डिजाइन’ सार्वजनिक गरेको थियो। त्यस अवसरमा नीलबाराही संरक्षणका अभियन्तासँग सहकार्य गरिने जानकारी दिइएको थियो। पहिरोको जोखिममा रहेको नीलबाराही मन्दिर क्षेत्रको संरक्षणका निम्ति स्थानीयले अभियान सञ्चालन गरेका थिए।