आयल निगम र नेपाल राष्ट्र बैंकका कर्मचारीमा कोरोना संक्रमण

कोरोना संक्रमणको दोश्रो लहरबाट सरकारी कर्मचारी पनि अछुत छैनन् । फ्रन्ट लाइनमा खटिएर कार्यरत नेपाल राष्ट्र बैंक,नेपाल आयल निगममा कार्यरत दर्जनौं कर्मचारी कोरोना संक्रमित भएका छन् ।
नेपाल आयल निगम केन्द्रीय कार्यलय ववरमहलका ६ जनाभन्दा बढीमा कोरोना संक्रमण पृष्टि भएको छ भने नेपाल राष्ट्र बैंकका नेपालगञ्जस्थित कार्यलयका कर्मचारीहरु कोरोनाको दोश्रो लहरबाट संक्रमित बनेका छन् ।
नेपाल आयल निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेल,प्रवक्ता विनितमणि उपाध्याय र वीरेन्द्र चन्दलगायत ६ जनामध्ये केहीमा कोरोना संक्रमण देखिएपछि कसै कसैलाई कन्ट्याक्ट ट्रेसिङ्गमा राखिएको छ । आयल निगमको केन्द्रीय कार्यलयमा झण्डै दुई सय बढी कर्मचारीको दरबन्दी छ ।
यता नेपालगञ्जस्थित नेपाल राष्ट्र बैंक कार्यालयका १० जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । त्यहाँका उच्च पदस्थ कर्मचारीसहित उपनिर्देशकलाई समेत कोरोना संक्रमण भए पछि बैंकको दैनिक गतिविधि समेत प्रभावित भएको छ ।
यस अघि नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण पृष्टि भएको थियो ।