नेपाल एसबिआई बैंक लि., क्यापिटल फाइनान्स इन्टरनेसनल लण्डनद्धारा सम्मानित

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेड, क्यापिटल फाइनान्स इन्टरनेसनल (CFI.co), लण्डनद्धारा “च्याम्पियन इन मोडर्न बैंकिङ्ग इनोभेसन नेपाल २०२५” को उपाधिबाट सम्मानित भएकोे छ । यस प्रतिष्ठित अर्वाडले बैंकको डिजिटल रुपान्तरण तथा ग्राहक केन्द्रित नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई दर्साउँछ ।
Advertisement 1
त्यसैगरी बैंक, सिंगापुर स्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्स (ABF) द्धारा होलसेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत “नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर” , “नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन्स बैंक अफ द इयर”, तथा रिटेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत “डिजिटल बिजनेस बैंकिङ्ग इनिसियटिभ अफ द इयर – नेपाल” र “एसएमई बैंक अफ द इयर – नेपाल” बाट सम्मानित भएको हो ।
यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ्ग सेवाहरूमा डिजिटल रूपान्तरण, उत्कृष्टता र नवप्रवर्तनप्रति बैंकको अटल प्रतिबद्धतालाई जोड दिन्छ ।