नवनियुक्त मुख्य न्यायाधीशहरूले लिए शपथ

उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले शपथ लिएका छन् ।

Advertisement 1

सोमबार पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीशले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङसमेत उपस्थिति थिए।

मंगलबार न्यायपरिषद्ले उच्च अदालतमा ६ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। परिषद्को सिफारिसका आधारमा न्यायाधीशहरू लोहितचन्द्र शाह, माधवप्रसाद पोखरेल, रमेशप्रसाद राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापा मुख्य न्यायाधीश नियुक्त भएका हुन्।

Advertisement 2

संविधानको धारा १४० मा उच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयमा व्यवस्था गरिएको छ । प्रधानन्यायाधीशले न्याय परिषद्को सिफारिसमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीश नियुक्ति गर्ने व्यवस्था छ।

प्रकाशित :२०८० पुष २३, सोमबार १३:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry