सङ्घीय मामिला मन्त्रालयमा गुनासो सुन्न छुट्टै व्यवस्था

काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग कुनै गुनासो भए अब सोझै गुनासो व्यवस्थापन केन्द्रमा सम्पर्क गर्न सकिन्छ। सो मन्त्रालय र मातहतका निकायले सम्पादन गर्ने कामसँग सम्बन्धित कुनै पनि गुनासोलाई अब १ साताभित्रै सम्बोधन गरिने भएको छ।

Advertisement 1

सो मन्त्रालयले बिहीबारदेखि नै सञ्चालन आउनेगरी उक्त व्यवस्थापन केन्द्र स्थापना गरेको हो। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सो केन्द्रको स्थापनासँगै सेवाग्राहीलाई तत्काल जानकारी दिने र प्रक्रियागत ढिलाइ हटाउने बताएकि छिन्।

नागरिकको गुनासो सुन्ने र तत्काल समाधान गर्ने कामलाई अब औपचारिक र प्रणालीगत बनाइएकाले यसबाट नागरिकको भरोसा बढ्ने विश्वास लिएकिछन्। गुनासो व्यवस्थापन केन्द्र मन्त्रालयको उपसचिवको नेतृत्वमा सञ्चालन हुनेछ। केन्द्रमा संलग्न कर्मचारीले सेवाग्राहीबाट प्राप्त गुनासो सङ्कलन, वर्गीकरण र सम्बोधन गर्नेछ। सामान्य प्रकृतिका गुनासाजस्तै जानकारी दिनुपर्ने वा प्रक्रियासम्बन्धी स्पष्टता दिने काम, केन्द्रकै सहजकर्ताले तत्कालै गर्ने सो मन्त्रालयले जनाएको छ।

Advertisement 2

तत्काल समाधान गर्न नसकिने गुनासा सम्बन्धित शाखामा पठाइनेछ। त्यसलाई शाखा प्रमुखले तत्कालै समाधान गर्ने वा अधिकतम ३ दिनभित्र महाशाखा प्रमुखमार्फत समाधान गरिनेछ।

नीतिगत वा उच्चस्तरीय निर्णय आवश्यक पर्ने गुनासा भने मन्त्रीस्तरीय निर्णयका आधारमा बढीमा महिना दिनभित्र समाधान हुनेछ। गुनासो सङ्कलनका लागि हटलाइन नम्बर, इमेल, ट्वीटर र फेसबुकको व्यवस्था गरिएको छ। यस्तै, पत्राचारमार्फत पनि गुनासो गर्न सकिने व्यवस्था गरिएको छ।

Notices-20250724173055502
प्रकाशित :२०८२ श्रावण ९, शुक्रबार १०:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry