करेन्ट लागेर रौतहटमा दुई किसानको मृत्यु

रौतहट। रौतहटमा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जना किसानको ज्यान गएको छ। सिँचाइका लागि आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर २ जना किसानको ज्यान गएको हो।
Advertisement 1
रौतहटको माधवनारायण नगरपालिका ४ बिशुनपुर्ब मानपुरका ४० वर्षीय रामबाबु मुखिया र कटहरिया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ।
आफ्नै धान खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मुखियाको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख राजन कार्कीले बताए।
Advertisement 2
कटहरिया जमुनियाका देवानको धान खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर देवान गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छl