सशस्त्र प्रहरीद्वारा तीन करोड भन्दा बढीको सामान भन्सारमा

नवलपरासी । सशस्त्र प्रहरी बल २६ नम्बर गण नवलपरासीले आर्थिक बर्ष २०७९/८० मा ३ करोड ९ लाख रूपैयाँ बराबरको चाेरी तस्करीकाे सामान बरामद गरि भन्सार बुझाएको छ ।
गणपति एसपी धिरेन्द्र राज न्याैपानेका अनुसार सीमावर्ती नाकामा शुरू देखि नै कडाइ र चेकजाँच गरेका कारण चाेरी तस्करीमा कमी आएको हो । उनका अनुसार चाेरी तस्करीमा कडाइ गरेको कारण नै भन्सारमा राजश्व उल्लेख्य वृद्धि भएको छ ।
खास गरेर कपडा , चिनी , मल , हार्डवेयर ,कुखुरा , मदिरा , खाद्यान्न लगायतका सामान बढी मात्रामा बरामद गरिएको पनि एसपी न्याैपानेले जानकारी दिए ।
प्रकाशित :२०८० श्रावण २९, सोमबार १३:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%