राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई कोरोना सङ्क्रमण पुष्टि

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement 1

आज पीसीआर परीक्षणको क्रममा उनलाई सङ्क्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहेका छन

रुघाखोकीजस्ता समस्या आएपछि उहाँ स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै केही दिन निवासमै आइसोलेशनमा रहेका छन ।

प्रकाशित :२०७८ माघ ४, मंगलवार १९:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry