व्यवस्थापन संकायमा स्नातकोत्तर अटो चालक द्वारिका

लमजुङ। व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनिको सुन्दरबजार नगरपालिका–९ का ५७ वर्षीय द्वारिका मिश्र अटो चलाउछन्। राजनीति र समाजसेवा समेत गर्दै आएका उनले विगत २ वर्षदेखि अटो चलाउन थालेका हुन्।

Advertisement 1

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुन्दरबजार नगर कमिटी अध्यक्ष मिश्रले दैनिक खर्च कटाएर १ हजारदेखि १ हजार ५०० रुपैयाँसम्म कमाउने गरेको बताउछन्। “मलाई खानका लागि केही दुःख छैन तर पढेलेखेकाले अटो चालक बनेर स्वरोजगार बन्नुपर्छ, चालकहरुले यात्रुको मर्का बुझ्दैन। उहाँहरुलाई बुझाउन, श्रम विभाजन भयो भने घरमा झगडा हुन्छ तसर्थ श्रम गरियो भने त्यसले घरमा मेलमिलाप हुन्छ, आम्दानीको पाटो, समाजसेवा र राजनीतिमा टेवा पुग्ने उद्देश्यले अटो चलाउन थालेको हुँ”, उनले भने।

सुन्दरबजार र बेँसीसहरको रुटमा अटो चलाउने गरेको उनको भनाइ छ। बिहान ५÷६ बजेदेखि राति ८÷९ बजेसम्म अटो चलाउने र यसको अलवा पार्टीको काममा खटिने गरेको उनले बताउछन्। उनले भने, “दैनिक सो समयमा अटो चलाउने गरे पनि आकस्मिक कसैले कतै पु–याउन अनुरोध गरेमा राति १२÷१ बजेपनि पु–याउने गर्छु।”

Advertisement 2

उनको एउटी छोरी अष्ट्रेलिया, अर्की छोरी बेलायत, एउटा छोरा पोखरामा शिक्षक र बुहारी बैंकमा कार्यरत छन्। घरमा आफू र श्रीमती मात्र रहेको उनले बताउछन्। त्यसो त सुन्दरबजार क्षेत्रमा समाजसेवा र राजनीतिमा द्वारिकाको छवि राम्रो छ।

प्रष्ट वक्ता, सहयोगी भावना र लोकप्रियसमेत उनले राजनीतिको सुरुवात विसं २०३७ मा एमाले निकट भातृ सङ्गठन अनेरास्ववियुमा आबद्ध हुँदै सुरु गरेका हुन्। विसं २०५२÷५३ मा एमाले परित्याग गरे। पछि नेपाली कांग्रेसमा आबद्ध हुँदै विसंं २०६५÷६६ तिर नगर सचिव, विसं २०७० मा वडा नागरिक मञ्च संयोजक, विसं २०७२ मा सुन्दरबजार नगर कमिटी सभापति भएका थिए। विसं २०७४ मा कांग्रेसबाट २०७४ को स्थानीय निर्वाचनमा मेयरको उम्मेद्वार बन्ने चाहना राखे पार्टीले टिकट नदिएपछि स्वतन्त्र उमेदवार बने। तर उनि पराजित भए।

Advertisement 3

उनलाई कांग्रेसले कारबाही गरेपछि उनि स्वतन्त्र रूपमा सङ्गठन बनाएर सुन्दरबजारमा उद्योग वाणिज्य सङ्घ, खानेपानी जस्ता सङ्घसंस्थाका निर्वाचनमा उनको समूह निर्णायक बन्यो। विसं २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि मिश्रले स्वतन्त्र उम्मेदवारी दिए र पराजित भए। विसं २०७९ को स्थानीय निर्वाचनमा मिश्रले पुनःसुन्दरबजारको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिए। तर विजयी हुन सकेनन्।

त्यसपछि विसं २०७९ साउनमा १५० जनासहित मिश्र एमालेमा प्रवेश गरे। सो पश्चात् नेकपा एमाले लमजुङको जिल्ला कमिटी सदस्य र सुन्दरबजार नगरको सहइन्चार्जको जिम्मेवारी प्राप्त गरे। पछि नगर कमिटीको निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित भए। सो यता नगर कमिटीको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।

राजनीतिक र सामाजिक रूपमा उनको छवि एकातिर छँदैछ, अहिले सुन्दरबजारमा अटो चलाउन थालेर उनले कर्मशील हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेका छन्। बेरोजगार भएर पनि सानो तिनो काम नगर्ने बरू नराम्रै काम गरेर पैसा कमाउन खोज्नेहरूका लागि उनि उदाहरण बनेका छन्।

विसं २०४१ मा एसएलसी पास गरेका उनि विसं २०५६ मै काठमाडौंको सरस्वती क्याम्पसबाट ‘एमविए’ उत्तीर्ण गरेका उनि १७ वर्ष लमजुङका विभिन्न विद्यालयमा शिक्षण पेसा गरेको अनुभव पनि छ।

प्रकाशित :२०८२ श्रावण ६, सोमबार ०९:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry