३३ नर्स सहित २३३ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेको भेरी अस्पतालमा पछिल्लो ३६ घन्टामा २८८ जनाको पिसिआर परीक्षण गर्दा २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement 1

संक्रमितमा बाँकेका २०८, बर्दियाका १३, कैलालीका २, दाङका २ र अन्य जिल्लाबाट ८ जना रहेका छन्। यस्तै भेरी अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। पछिल्लो दुई सातामा मात्रै स्वास्थ्यकर्मीसहित ७३ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जानकारी गराएको छ। संक्रमितमा महिलाहरूको संख्या बढी छ। सबैभन्दा बढी ३३ नर्स संक्रमित भएका छन्।

प्रकाशित :२०७८ बैशाख १५, बुधबार १४:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry