तीन लाखको सामान बरामद

सशस्त्र प्रहरी बलले करिब तीन लाखको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वाटर सुनसरीद्वारा बोईलर कुखुरा, माछा बरामद गरेको हो ।

Advertisement 1

१ लाख ६२ हजार ८ सय रुपैया बराबरको १६० वटा बोईलर कुखुरा र जलकपुर माछा १ लाख १४ हजार ५ सय ८० रुपैया बराबरको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा प्रबक्ता सुधिर खतिवडाले जानकारी दिए । सुनसरीले सुरक्षा चुनौतिलाई मध्यनजर गरी योजना बनाइ उक्त योजना लागु गर्न अहोरात्र खटिरहेको छ । सोही योजना अनुरुप सप्रबल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर र विओपि बसन्तपुरबाट खटिएको टोलीले प्रतिबन्धित बोईलर कुखुरा बरामद गरेको हो भने विओपि लौकही र बिओपि साहेबगंजबाट खटिएको टोलीले सुनसरी जिल्लाको विभिन्न सीमावर्ती इलाकामा भारतीय बजारबाट लुकिछिपि भन्सार छलि नेपाल भित्राइएका लत्ताकपडा, किराना सामानहरु बरामद गरेको छ। उक्त बरामद सामानहरु आवश्यक कारवाहीको लागी सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धमा बुझाईएको प्रबक्ता सुधिर खतिवडाले बताए ।

यसै गरी जिल्ला सुनसरी हरिनगर गापा ५ बङ्गाली टोल र कोशी गापा ८ तिनकुने स्थित अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको प्रतिवन्धित बोईलर कुखुरा सप्रबल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर र विओपि बसन्तपुरबाट खटिएको टोलीले खाडल खनि नष्ट गरीएको छ ।

प्रकाशित :२०८० मंसिर १०, आईतवार १२:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry