डा. सागर राजभण्डारी :-जस्ले लगाए नेपालमा कोरोनाविरुद्धको पहिलो खोप


नेपालमा कोरोनाविरुद्ध खोप अभियान सुरु भएको छ। भारत सरकारले उपहारस्वरुप पठाएको १० लाख डोज खोपको आज शुभारम्भ गरिएको हो । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारबाट भर्च्युअल माध्यमबाट अभियानको शुभारम्भ गरेका हुन् ।खोप सुरुवात गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छन्। राष्ट्रपतिको सन्देश स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पढेर सुनाएका थिए।

Advertisement 1


शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइनेछ । यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने छ । ती सबै अस्पतालमा प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिएका छन् ।

सुरुमा यो खोप स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीहरूलाई दिने योजना सरकारले बनाएको छ। देशभरी यो खोप पुगिसकेको छ।

Advertisement 2

नेपालमा खोपको पहिलो डोज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले लगाएका छन् ।उनले खोप लगाउँदै खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित :२०७७ माघ १४, बुधबार १६:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry