बराहक्षेत्रमा जंगली हात्ती मृत फेला

धरान। सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ। बराहक्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्ती आज बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए।

Advertisement 1

आज बिहान स्थानीयवासीले हात्ती मृत भेटिएको खबर गरेको उनले बताए।

कार्कीका अनुसार झण्डै ५ देखि ७ वर्ष उमेरको भाले हात्ती रहेको छ। हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन।

Advertisement 2

जिल्ला वन कार्यलय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्षसहितको टोलिले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको नगर प्रमुख कार्कीले बताए।

प्रकाशित :२०८२ असार २, सोमबार १५:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry