विराटनगर महानगरका विद्यालय ३ दिन बन्द

मोरङ। अत्यधिक गर्मीका कारण विराटनगर महानगरअन्तर्गतका विद्यालय ३ दिनका लागि बन्द गरिएको छ।
Advertisement 1
महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलद्वारा जारी गरेको विज्ञप्तिमा यही जेठ २८ देखि ३० गतेसम्मका नगरका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ।
गर्मीका कारण विद्यालयमा अध्ययन गर्न नसक्ने अवस्था भएपछि विद्यालय बन्द गरेको जनाइएको छ। वर्षा भएर अनुकूल अवस्था सिर्जना भएमा पठनपाठनका विद्यालय खुल्ने विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित :२०८२ जेष्ठ २९, बुधबार १०:०१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%