लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरिले चलायो गोलि

काठमाडौ। टोखाको ग्राण्डी अस्पताल नजिकै मंगलबार दिउँसो प्रहरीले गोली चलाएर २ जना २ जना भाग्ने क्रममा गरि जम्मा ४ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।
Advertisement 1
लागु औषध कारोबारको सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र बरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो।
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाइएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ। उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ।
Advertisement 2
ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार दोहोरो झडपमा घाइते हुने प्रहरीका रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन्। उनलाई उपचारका लागि नेपाल प्रहरि अस्पताल लगिएको बताइएको छ।