विवाहको २ वटासम्म सवारी साधनको लागि अनुमति लिनु नपर्ने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाका व्यवस्थाहरुमा केही परिमार्जन गरेको छ। प्रशासनले सोमवार जारी गरेको निषेधाज्ञाका व्यवस्थाहरुमा केही परिमार्जन गरेको हो।
Advertisement 1
कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच सोमबार बसेको बैठकमा निषेधाज्ञा लगाउने निर्णय भएको हो। ‘काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन्। सार्वजनिक, निजी सवारीसाधन बन्द गरिने छ। एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी चल्ने छन्। अत्यावश्यक कामबाहेक हिँडडुलमा पनि कडाइ गरिने छ।खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ। ‘होटल रेष्टुरेन्टले होम डेलिभरीमात्र गर्न पाउने छन् ।
तर, आज परिमार्जित आदेशमा भनिएको छ, ‘विवाह तथा व्रतबन्ध आयोजनाको लागि १५ जनासम्मका सहभागी (दुलाहा दुलही सहितका) हरुले ब्यानर सहितका २ वटा सम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यलयबाट जारी अनुमति पास लिनुपर्ने।’
यसैगरी, मृत्यु संस्कार र बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस) सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेश गर्नुपर्ने बताइएको छ।