प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धि सम्झौता

काठमाडौं। प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता गरीएको छ।

Advertisement 1

होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो। यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्येश्यले ल्याइएको हो। जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ।

यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल यार्शाको कोठामा १५ प्रतिशत छुट र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउने छन्। यी छुट अफरहरुले ग्राहकहरुलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहयोग पुग्ने बैंकले बताएको छ।

Advertisement 2

जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्घ छ। यो स्थान पदयात्राका लागि, पारिवारिक घुमघामका लागि र शान्त वातावरण तथा रोमाञ्च खोज्ने जोकोहीका लागि उपयुक्त गन्तव्य हो।

प्रकाशित :२०८२ जेठ २५ गते, आइतबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]