कुखुराको मासुको भाउ स्वात्तै घट्यो

अहिले सम्मकै उच्च मूल्य वृद्धिको रेकर्ड बनाएको ब्रोइलर कुखुराको मासुको भाउ ३० रुपैयाँले घटेको छ । वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर तीन सय रुपैयाँमा झरेको जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य मंगलबार पुनः १० रुपैयाँले घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।
Advertisement 1
मंगलबारको नयाँ मूल्यअनुसार ब्रोइलर कुखुरा जिउँको कोल्ड स्टोर मूल्य २९० रुपैयाँ तोकिएको संघका सचिव देवकुमार गिरीले बताए । जिउँदो कुखुराको मासुको भाउ घटेसँगै बुधबारदेखि काठमाडौं उपत्यकामा ब्रोइलर कुखराको तयारी मासुको मूल्य चार सय रुपैयाँमा झरेको संघका अध्यक्ष जंगबहादुर बीसीले बताए । ‘वैशाख १२ को मूल्य गिरावट पछि मासुको मूल्य प्रतिकिलो ४१५ रुपैयाँमा झरेको थियो । अब चार सय रुपैयाँ कायम भएको छ,’ अध्यक्ष बीसीले भने ।
									
										प्रकाशित  :२०७८ बैशाख १४, मंगलवार १८:२१																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

