न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

चितवन। न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्यांकनमा भरतपुर अस्पताल देशकै संघीय अस्पतालमा प्रथम स्थान प्राप्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मूल्यांकनमा ८८ प्रतिशत अंकसहित भरतपुर अस्पताल देशकै प्रथम स्थान प्राप्त गर्ने अस्पताल बनेको हो।

Advertisement 1

अस्पतालले दिएको जानकारीअनुसार मन्त्रालयले देशभरिका १५ वटा संघीय अस्पतालमा यो अनुगमन गरेको थियो। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले उत्कृष्ट अंकसहित भरतपुर अस्पतालले ‘ग्रिनजोन’ स्टिकर प्राप्त गरेको जानकारी दिए। ‘ग्रिनजोन’ स्टिकर ८५ प्रतिशतभन्दा बढी अंक ल्याउने अस्पताललाई मात्रै दिइने गरिन्छ।

‘ग्रिनजोन’ स्टिकर पाउने भरतपुर अस्पताल एक मात्रै अस्पताल भएको उनले बताए। सुशासन तथा व्यवस्थापन, चिकत्सकीय सेवा र फोहरमैला लगायतका वस्तुहरुको व्यवस्थापनअन्तर्गत पर्ने सहयोगी सेवाका आधारमा न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्ने गरिन्छ। यो हरेक वर्ष मन्त्रालयले गर्छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश वुढाथोकीको नेतृत्वमा रहेको टिमले भरतपुर अस्पतालको अनुगमन गरेको थियो।

Advertisement 2

मेडिकल सुपरिटेण्डेन्ट प्रा डा पौडेलले गुणस्तरीय सेवामा आफूहरु निरन्तर लागि रहेको बताए। ‘अस्पतालको सिंगो टिम सेवा सुधारमा लागि रहेको छ। जसको परिणाम राम्रो आयो,’ उनले भने।

मन्त्रालयले गरेको अनुगमनमा यो अस्पतालले हरेक वर्ष स्तरवृद्धि गराउँदै आएको छ। अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार विसं २०७८ को अनुगमनमा ५२ प्रतिशत, २०७९ को अनुगमनमा ६२ प्रतिशत, २०८० को अनुगमनमा ६४ प्रतिशत, २०८१ को अनुगमनमा ७७ प्रतिशत र २०८२ को अनुगमनमा ८८ प्रतिशत अंक प्राप्त गरेको थियो।

प्रकाशित :२०८२ जेष्ठ १३, सोमबार ११:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry