कोरोनाको कहर देखाउने केही तस्बिरहरु

भारतमा कोरोनाभाइरसको संक्रमण डरलाग्दो रफ्तारमा बढ्दै गएको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारतमा आइतबारमात्र साढे तीन लाखभन्दा बढी संक्रमित पाइएका छन् ।

Advertisement 1

भारतमा विगत २४ घण्टामा तीन लाख ५४ हजार ५३३ नयाँ संक्रमित फेला परेको जनाइएको छ । विश्वको कुनै पनि देशमा एकैदिन फेला परेका संक्रमितको यो नै सबैभन्दा ठुलो संख्या हो । भारतमा कोरोना संक्रमणका कारण विगत २४ घण्टामा दुई हजार ८०६ जनाको मृत्यु भएको छ । आइतबार दुई लाख १८ हजार ५६१ जना संक्रमणमुक्त भएको बताइएको छ । ज्यान गुमाएकाहरु मध्येलाई भेन्टिलेटर तथा आइसियू बेड र अक्सिजन पाएको भए बचाउन सकिने डाक्टरहरुले बताइरहेका छन्।

संक्रमणका कारण गम्भीर भएका आफन्तका लागि अक्सिजन नपाएको भन्दै परिवारजनले हारगुहार गरिरहेका छन्। बिरामी बोक्ने एम्बुलेन्सको पनि अभाव भएको छ।तर संक्रमण अति भयावह अवस्थामा पुग्दा भारत सरकारले सामाजिक सञ्जालमा त्यसलाई देखाउने तस्बिर तथा सामग्रीहरु पोस्ट गर्न नपाउने वा पोस्ट भएमा हटाउन निर्देशन दिएको छ।भारतमा अहिलेसम्म एक करोड ७३ लाख १३ हजार भन्दा धेरै पुगेको छ। कोभिड–१९ बाट अहिलेसम्म एक लाख ९५ हजार भन्दा बढि भारतीयको ज्यान गएको छ।

प्रकाशित :२०७८ बैशाख १४, मंगलवार ०९:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry