सशस्त्र प्रहरी निरीक्षक सुसान्त थापालाई “कारबाही”

सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुशान्त थापालाई विभागीय कारबाही गर्ने तयारी भएको छ । गत मङ्सिर २१ देखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाएर विभागीय कारबाही गर्ने तयारी भएको हो ।

Advertisement 1

मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिदा स्वीकृत नगराई बिना सूचना लामो समयसम्म अनुपस्थित रहेकाले ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउन’ लागेको जानकारी दिएको छ। थापा सशस्त्र प्रहरी बल, नेपाल नं.११ गण हे.क्वा. रौतहट दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, मानव श्रोत विभागमा कार्यरत छन्।

गृह मन्त्रालयले मंगलबार विभागीय कारबाही गर्नु नपर्ने भए कारणसहित ७ दिने सफाइ पेश गर्न सूचना जारी गरेको छ । सशस्त्र प्रहरी नियमावलीमा बिदा स्वीकृत नगराई १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा विभागीय कारबाहीको व्यवस्था छ ।

प्रकाशित :२०८० माघ २, मंगलवार ११:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry