यही साताभित्र अनिवार्य एमआरपी राख्न सरकारको निर्देशन

काठमाडौं। सरकारले जुत्ता, चप्पल र औषधिमा बुधबार एक सहमति गर्दै साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न सहमति भएको छ।
Advertisement 1
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहाल सहितको टोलीले बुधबार जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ नेपाललाई यही साताभित्र एमआरपी सहित लेबल लगाउने सहमति भएको विभागका महानिर्देशक दाहालले बताएका छन्।
जुत्ता चप्पल र औषधिजन्य वस्तु उत्पादक तथा आयातकर्ताले उक्त निर्देशन पालना नगरेको पाइएपछि विभागले उनीहरूसँग छलफल गरेको हो। ९ वैशाखको मितिबाट ७ दिनभित्र अनिवार्य एमआरपी सहितको लेबल नराखे कारबाही गर्ने उनले बताए।
Advertisement 2
नेपालको संविधानको धारा ४४ र उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादक आफूले उत्पादन गरेका वस्तु तथा आयात गरिएको वस्तु भए आयातकर्ताले बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य एमआरपी लेबल लगाउनुपर्ने कानुनी व्यवस्था छ।