भोलि सार्वजनिक बिदा

सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को गत फागुन १६ गते बसेको बैठकले ग्याल्पो ल्होसारको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारको सोही निर्णय अनुसार गृहमन्त्रालयले आज एक वक्तब्य जारी गरेर भोलिका लागि देशभर सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।
गत १६ गतेको क्याविनेटले थप ६ वटा चाडपर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारले आगामी बर्षदेखि उभौली पर्व–चण्डी पूर्णिमा, उधौली पर्व, योमरी पुन्ही ज्यापू विस (धान्य पूर्णिमा), क्रिसमस डे, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्पो ल्होसारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Advertisement 1

मन्त्रीपरिषद्को फागुन १६ गतेको निर्णयका आधारमा भोलि सार्वजनिक बिदा दिन लागिएको गृहमन्त्रालयका सूचना अिधकारी बसन्त भटटराईले जानकारी दिएका हुन् ।

Advertisement 2

 

प्रकाशित :२०७८ फाल्गुन १८, बुधबार १६:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry