कतिमा हुँदैछ बुधबार सुनको कारोबार?

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको तुलनामा बुधबार सुनको मूल्य बढाएको छ।

Advertisement 1

महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ तोकिएको छ। मंगलबार सुनको कारोबार प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँका दरले भएको थियो।

यसअघि चैत २१ गते सुनको मूल्य इतिहासकै बढी १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो।

Advertisement 2

त्यस्तै मंगलबार प्रतितोला १८ सय ३० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला १८ सय ३५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८१ चैत्र २७, बुधबार १०:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry