युवा तथा खेलकुद मन्त्रालय : एक संक्षिप्त परिचय
१. संवैधानिक व्यवस्था :
नेपालको संविधान, २०७२ को भाग ३ मौलिक हक र कर्तव्य धारा ४२ सामाजिक न्यायको हक उपधारा (१) सामाजिक रुपले पछाडि परेका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेसी, थारु, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत, मुश्लिम, पिछडा वर्ग, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस आर्यलाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुनेछ ।
भाग -४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत धारा ५१ राज्यका नीतिहरु खण्ड (ञ) सामाजिक न्याय र समावेशीकरण सम्बन्धि नीति अन्तर्गत उपखण्ड (७) मा राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरुको पुर्ण उपयोगको वातावरण सिर्जना गर्ने, युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्दै व्यक्तित्व विकास गर्ने तथा राज्यको सर्वाङ्गीण विकासमा योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने भन्ने व्यवस्था रहेको छ ।
२. पृष्ठभूमि
राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा युवा वर्गको भुमिका महत्वपूर्ण रहेकोे हुन्छ । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवम् उच्च आत्मविश्वासका कारण यो बर्गलाई राष्ट्र निर्माणको प्रमुख स्रोत मानिएको छ । नेपालमा १६ देखि ४० बर्ष उमेर समुहको जनसंख्या कुल जनसंख्याको ४०.३ प्रतिशत रहेकोे छ । शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील युवा शक्ति विकास गरि यो जनसाङ्ख्यिक प्रवृत्तिलाई पुँजीकृत गर्दै राष्ट्र निर्माणमा लगाउन सकिएमा युवाहरुले देशको सामाजिक एवम् आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्दछन् । यसै बिषयलाई मध्यनजर गरि नेपाल सरकारले राष्ट्रिय युवा नीति, २०७२ र युथ भिजन, २०२५ जारी गरेको छ । साथै युवाको हक हितको संरक्षण र सम्बर्द्धन गर्ने कार्यका लागि राष्ट्रिय युवा परिषद्को गठन गरिएको छ । राष्ट्रिय युवा नीति, २०७२ को प्रभावकारी कार्यान्वयन गर्दै युवा शक्तिले बिकासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवहरुवाट सिकेका पाठहरुलाई समेत मनन गर्दै उनीहरुलाई देशको सामाजिक, आर्थिक रुपान्तरणमा मुलप्रवाहीकरण गर्नुपर्ने भएको छ ।
स्वस्थ्य तथा अनुशासित नागरिक र समाजको सिर्जना गर्न खेलकुद लाई प्रमुख आधारको रूपमा लिईन्छ । राष्ट्रको प्रतिष्ठा वृद्धि गर्ने र विभिन्न सम्प्रदाय भाषा तथा संस्कृति एवम् समुदाय विच एकता कायम गरि राष्ट्रिय विकासको अभियानमा एकजुट बनाउन खेलकुदको योगदान महत्वपूर्ण रहेको हुन्छ । नेपालको खेलकुद क्षेत्रलाई विश्वव्यापी मुल्य र मान्यता अनुसार विकास गर्न सांगठनिक ढाँचामा समयसापेक्ष सुधार गर्ने तथा सरकारी, गैरसरकारी एवम् निजी क्षेत्र विच समन्वय, सहकार्य एवम् साझेदारीको वातावरण सिर्जना गरि खेलकुदको विकास र विस्तार गर्दै यसलाई जनजीवनको अभिन्न अंग बनाउने प्रयास गरिएको छ । खेलकुदको माध्यम वाट शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक र नैतिकवान मानव संशाधनको विकास गरि अनुशासित र मर्यादित समाज निर्माण गर्दै खेलकुद लाई रोजगारमुलक व्यवसायको रूपमा समेत स्थापित गर्न स्थानीय तह देखि नै कार्यक्रम सञ्चालन गरि “सबैको लागि खेलकुद” भन्ने अभियानलाई साकार पार्न खेलकुद सँग सम्बन्धित पुर्वाधार निर्माण, प्रशिक्षण, प्रतियोगिता र प्रोत्साहनका कार्यक्रमहरु कार्यान्वयन गर्न मन्त्रालय क्रियाशिल रहेको छ ।
३. सांगठनिक तथा कर्मचारी व्यवस्था :
यश युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री दावा तामाङ, श्रीमान् सचिवज्यु श्री केदार न्यौपाने, युवा विकास महाशाखाका सहसचिव तथा प्रवक्ताज्यु (प्रशासन) श्री मधुसूदन बुर्लाकोटी, खेलकुद विकास महाशाखाका सहसचिवज्यु (शिक्षा) श्री भक्तबहादुर ढकाल सर अनिवार्य अवकाश भए पश्चात् सुदुर पश्चिम प्रदेशवाट श्री कमल प्रसाद पोखरेल सर सरुवा भै हाजिरी हुनुभएको छैन भने सूचना अधिकारी तथा उपसचिव श्री यमेन्द्र उपाध्याय हुनुहुन्छ ।
युवा बिकास महाशाखा अन्तर्गत :-
१. कर्मचारी प्रशासन शाखा
२. युवा परिचालन तथा परामर्श शाखा
३. युवा उद्यमशील विकास तथा लगानी प्रवर्द्धन शाखा
४. कानुन तथा फैसला कार्यान्वयन शाखा
५. योजना, अनुगमन तथा विकास सहायता शाखा र
६. आर्थिक प्रशासन शाखा रहेका छन् ।
यस्तै गरि खेलकुद विकास महाशाखा अन्तर्गत
१. खेलकुद प्रवर्द्धन शाखा
२. खेल पुर्वाधार विकास शाखा
३. खेलकुद प्रतियोगिता शाखा र
४. खेल संघसंस्था समन्वय शाखा रहेका छन् ।
४. मन्त्रालय मातहतका निकायहरू :
४.१ राष्ट्रिय खेलकुद परिषद् सचिवालय उपाध्यक्ष श्री पिताम्बर तिम्सिना, सदस्य सचिव श्री रमेशकुमार सिलवाल, विभागीय प्रमुख श्री कुलबहादुर थापा
४.२ नेपाल स्काउट संयोजक श्री लोकबहादुर भण्डारी, प्रशासकीय प्रमुख श्री रामप्रसाद भट्टराई
४.३ राष्ट्रिय युवा परिषद् उपाध्यक्ष श्री माधव ढुगेल र प्रशासकीय प्रमुख श्री बाबुराम ढुंगाना
४.४ युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय डा. विष्णु गौतम ।
५. मन्त्रालयको कार्यक्षेत्र :
युवा तथा खेलकुद मन्त्रालयको कार्य जिम्मेवारी (नेपाल सरकार) कार्यविभाजन नियमावली, २०७४) अनुसार :
५.१ युवा, खेलकुद र स्काउट सम्बन्धि नीति, कानुन र मापदण्ड नियमन,
५.२ राष्ट्रियस्तरका खेलकुद संघसंस्थाको नियमन र समन्वय,
५.३ राष्ट्रिय, प्रादेशिक र अन्तर्राष्ट्रियस्तरमा खेलकुद विकास र प्रवर्द्धन,
५.४ राष्ट्रिय, प्रादेशिक र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,
५.५ युवा जागरण तथा बिकास,
५.६ राष्ट्रिय खेलकुद परिषद्,
५.७ युवा तथा साना व्यवसायी स्वरोजगार कोष,
५.८ मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था संग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय,
५.९ मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन ।
६. उपयोगी लिंकहरु :
६.१ राष्ट्रिय खेलकुद परिषद्
६.२ राष्ट्रिय युवा परिषद्
६.३ नेपाल स्काउट
६.४ युवा स्वरोजगार कोष
६.५ CTEVT
६.६ उद्योग मन्त्रालय
६.७ लघु उद्यम विकास परियोजना
६.८ श्रम तथा रोजगार मन्त्रालय ।
७. थप लिंकहरु
७.१ अर्थ मन्त्रालय
७.२ कृषि विकास मन्त्रालय
७.३ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
७.४ युवा तथा खेलकुद मन्त्रालय
७.५ राष्ट्रपतिको कार्यालय
७.६ राष्ट्रिय योजना आयोग
७.७ राष्ट्रिय सूचना प्रविधि केन्द्र
७.८ शिक्षा मन्त्रालय ।
८. निर्देशिका/ कार्यविधि :
८.१ खेलकुद पत्रकारिता पुरस्कार कार्यविधि २०७६ प्रथम संशोधन
८.२ राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव सिफारिस सम्बन्धि कार्यविधि, २०७७
८.३ खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ (संशोधन सहित)
८.४ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० चौथो संशोधन
८.५ सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि, २०७५ (दोस्रो संशोधन सहित)
८.६ तेह्रौं दक्षिण खेलकुद सन् २०१९, आयोजना तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७६
८.७ खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०७६
८.८ स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद सम्बन्धि शोध कार्यमा सहयोग तथा प्रोत्साहन सम्बन्धि कार्यविधि, २०७५
८.९ युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५
८.१० राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि, २०६८
९. नीति/ऎन/नियम
९.१ युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७
९.२ राष्ट्रिय खेलकुद विकास ऎन, २०७७
९.३ नेपाल स्काउट ऎन, २०५० (संशोधन सहित)
९.४ खेलकुद विकास ऎन, २०४८
९.५ National Youth Council Act, 2072
९.६ राष्ट्रिय युवा परिषद् ऎन, २०७२
९.७ राष्ट्रिय युवा परिषद् नियमावली, २०७३
९.८ National youth policy 2072
९.९ National youth Council Act 2072
१०. फोन नं./ फ्याक्स/इमेल/वेबसाईट :
०१ ४२००५४२ (प्रशासन), ०१४२००५५३ (योजना), ०१४२००५४४ (युवा), ०१४२००५५० (खेलकुद), ०१४२००५४३ (आ.प्र.)
फ्याक्स नं. ०१४२००५५२
इमेल : [email protected]
वेबसाईट: www.moys.gov.np