स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा थापा

काठमाडौं। स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए।
Advertisement 1
प्यूठान निवासी थापा यसअघि तीन वर्ष बोर्ड सदस्यका रुपमा रहेका थिए। नवनियुक्त अध्यक्ष थापाले स्वास्थ्य बिमा सुधार गर्न स्वास्थ्य बिमा नीतिको समीक्षा र सुधार गरी सबै नागरिकलाई समेट्ने योजना रहेको बताए।
प्रकाशित :२०८१ चैत्र १२, मंगलवार १७:१२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%