तस्बिरमा नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। नेपाल एसबिआई बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले ग्लोबल मनी वीक २०२५को अवसरमा विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो।

Advertisement 1

‘बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल मनी विक २०२५’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकले जानकारी दिएको छ। ‘थिंक बिफोर यु फ्लो, वाइज मनी टुमरो’ नारासहित चैत ४ गतेदेखि १० गतेसम्म वित्तीय साक्षरता कार्यक्रम गरिएका बैंकले जानकारी दिएको छ।

सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगी सम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणा लगायत विभिन्न विषयहरूमा जानकारी गराएको थियो।

Advertisement 2

कार्यक्रमहरु कोशी प्रदेशको धर्मदेवी, बेल्टार, धरान, लिमचुङबुङ, बर्गाछी ९बिराटनगर० र दमक, मधेस प्रदेशको राजगढ, लहान, चन्द्रनिगाहापुर, जनकपुर, हरिवन र सिमरा, बागमति प्रदेशको दरबारमार्ग, न्यूरोड रत्ननगर, हाकिमचोक, बट्टार, धादिङ, पाटन, बनेपा र हेटौंडामा गरिएका थिए।

Advertisement 3

साथै गण्डकीको वालिङ, बागलुङ, सिसुवा र पोखरा, लुम्बिनी प्रदेशको पाल्पा, लमही, दाङ, सुनछहारी र भैरहवा, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशको धनगढी, शिवनाथ, अत्तरिया, गन्यापधुरा र महेन्द्रनगरका विभिन्न स्थानमा कार्यक्रम गरिएको थियो।

कार्यक्रममा १५ सयभन्दा बढी बालबालिका तथा विद्यार्थीको सहभागिता रहेको बैंकले जानकारी दिएको छ।

प्रकाशित :२०८१ चैत्र ११, सोमबार १२:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry