ह्वात्तै बढ्यो बैंकहरूको खराब कर्जा
वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार हिमालयन बैंकको खराब कर्जा ४ दशमलव ५६ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा हिमालयन बैंकको खराब कर्जा ० दशमलव ९९ प्रतिशतमा सीमित थियो । यस्तै कृषि विकास बैंकको खराब कर्जा अघिल्लो आर्थिक बर्षको भन्दा दोब्बरले बढेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको खराब कर्जा २ दशमलव ३२ प्रतिशत मात्र रहेकोमा चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा ४ दशमलव ३५ प्रतिशत पुगेको छ ।
Advertisement 1
नेपाल बैंकको खराब कर्जा पनि ४ प्रतिशत, सिटिजन्स बैंकको ३ दशमलव ९८ प्रतिशत पुगेको छ ।जबकी अघिल्लो आर्थिक बर्षमा सिटिजन्सको खराब कर्जा १ दशमलव ७२ प्रतिशत मात्र रहेको थियो ।
यस्तै कुमारी बैंकको ३ दशमलव ९७ प्रतिशत,ग्लोबल आइएमइको खराब कर्जा बढेर ३ दशमलव ९६ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक बर्षको समीक्षा अवधिसम्ममा १ दशमलव ५ प्रतिशत मात्र रहेको थियो । यस्तै सिद्धार्थ बैंकको खराब कर्जा पनि १ दशमलव १२ प्रतिशतबाट बढेर ३ दशलमव ९५ प्रतिशत पुगेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एनपीएल पनि ३ दशमलव ९४ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको चैतसम्म बैंकको २ दशमलव २ प्रतिशतमा सीमित थियो ।
Advertisement 2
राष्ट्रिय वाणिज्य बैंकको ३ दशमलव ८८ प्रतिशत खराब कर्जा पुगेको छ । यस्तै नबिल बैंकको खराब कर्जा ३ दशमलव ८७ प्रतिशत,सनराइज बैंकको, ३ दशमलव ६२ प्रतिशत, प्रभुको ३ दशमलव ४८ प्रतिशत र प्राइम बैंकको ३ दशमलव ०६ प्रतिशत पुग्दा एनएमबि बैंकको खराब कर्जा २ दशमलव ९६ प्रतिशत, माछापुच्छ्रे बैंकको २ दशमलव ३७ प्रतिशत र सानिमा बैंकको २ दशमलव २७ प्रतिशत रहेको छ ।
यस्तै लक्ष्मी बैंकको १ दशमलव ८२ प्रतिशत, नेपाल एसबिआई बैंकको ० दशमलव ९७ प्रतिशत, स्ट्यान्डर्ड चाटर्ड बैंकको ० दशमलव ९० प्रतिशत, एनआईसी एशिया बैंकको ० दशमलव ८५ र सबभन्दा कम एभरेष्ट बैंकको ० दशमलव ७० प्रतिशत रहेको पछिल्लो नौ महिनाको वीत्तिय विवरण हेर्दा देखिन्छ ।