‘कुलमानलाई सबै प्रतिपक्ष दलको अध्यक्ष बनाइदिऔं’

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको देवत्वकरण नगर्न आग्रह गरिएको छ।
Advertisement 1
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद श्यामकुमार घिमिरेले एक जना कर्मचारीको देवत्वकरण नगर्न आग्रह गरेका हुन्। कुलमानका विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ ऊर्जा मन्त्री दीपक खड्काले दिएपछि बोल्दै सांसद घिमिरेले कुलमानको देवत्वकरण नगर्न आग्रह गरे।
कुलमानको विषयमा राजनीति नगर्न र दलीयकरण नगर्न सांसद घिमिरेले आग्रह गरे। एउटा कर्मचारीको विषयमा प्रतिपक्षको सम्पूर्ण शक्ति लाग्दा आफूलाई लाज लागेको उनको भनाइ थियो।
Advertisement 2
सांसद घिमिरेको भनाइको अंशः
मन्त्रीज्युले गम्भीरतापूर्वक कुरा राख्नुभयो। एक जना माननीयज्युले झुटो कुरा राख्नुभयो भनेर पनि अभिव्यक्त गर्नुभयो। यसलाई हामी दलीयकरण नगरौं। एउटा कर्मचारीलाई लिएर संसदको सम्पूर्ण प्रतिपक्ष हिजो उठेर एउटा कर्मचारीको पक्षमा उठेको देख्दा मलाई त लाज पनि लाग्यो।
Advertisement 3
यति धेरै जना यहाँ पूर्वमन्त्रीहरु पनि हुनुभएको छ, एक जना कर्मचारीका लागि दलीयकरण गरेर लज्जास्पद काम, जग हसाउँने काम, संसद्का सम्पूर्ण प्रतिपक्ष बेन्चमै उभिने काम चाँही नगरौं। उहाँको देवत्वकरण पनि नगरौं। केही राम्रा पक्ष पनि होलान्, केही नराम्रा पनि होलान्।
नेपालको कर्मचारीतन्त्र दूधले नुहाएको छैन। यो कुरामा चाँही क्लियर हुनुहोस्। राम्रो नराम्रा पक्षहरुको विश्लेषण गरौं। तर कुरा के छ भने देवत्वकरण गरेर शीर्ष टाउकोमै बोकेर हिँड्ने हो भने म प्रतिपक्ष दलसँग आग्रह गर्दछु, सबै प्रतिपक्ष दलहरुको अध्यक्ष उहाँलाई नै बनाइदिनुहोस्, ढुक्का हुन्छ त्यति भएपछि।
विद्युत् प्राधिकरणमा २ अर्ब ३९ करोडको ठेक्का : ‘ग्लोबल टेण्डर’मा कुलमानको बलमिचाइँ
२ अर्ब ३९ करोडको ठेक्का : कुलमान बलमिचाइँको ‘टाइमलाइन’
२ अर्ब ३९ करोडको ठेक्का : न्यायिक फैसला कार्यान्वयनमा कुलमानको अटेरी
२ अर्ब ३९ करोडको ठेक्का : कुलमानको बलमिचाइँप्रति सांसदहरुको प्रतिक्रिया
२ अर्ब ३९ करोडको ठेक्कामा कुलमानमाथि छानबिन माग, अख्तियारमा उजुरी
कुलमान घिसिङ : प्राधिकरणका एमडी हुन् कि? भारतीय कम्पनीलाई पोस्ने एजेन्ट?
कुलमानका दाई एजेन्ट रहेको कम्पनीलाई ठेक्का दिन विदेशी दाता ईआईबीकै ‘गाइडलाइन’ उल्लंघन
कुलमान घिसिङलाई योगेश भट्टराईको प्रश्न : प्राधिकरण भित्रका ठेक्कापट्टा कसरी भएका छन्?
लेखा समितिमा कारबाही पर्खिरहेको कुलमानमाथिको अर्को मुद्दा
कुलमानमाथि छानबिनमा अख्तियार आफैं अग्रसर होऊ
कुलमान घिसिङ : लोकप्रियताको काम एक, अनियमितता अनेक
२ अर्ब ३९ करोडको ठेक्का : ईआईबीले माग्यो कागजात, संशोधित बोलपत्रमा १० करोड घाटाको नाटक
अनियमिततामा फस्नसक्ने कुलमानका सारथी
चौतर्फी विवादमा कुलमान : लक्जमवर्गदेखि नेपालका अड्डाअड्डामा उजुरी, छानबिन गर्न माग
‘आर्थिक प्रस्ताव खोलिसकेपछि जाँचबुझ समिति गठन गर्नु गैरकानुनी हो’
२ अर्ब ३९ करोडको ठेक्कामा अख्तियारले थाल्यो कुलमानमाथि छानबिन, राजन ढकाल पनि मुछिने
कुलमानको अर्को बदमासी : ६ अर्बको ठेक्कामा पनि ‘सेटिङ’
रोकिएन ठेक्कामा कुलमानको जबर्जस्ती : छानबिनमा रहेकै ठेक्कामा पुनः टेन्डर आह्वान
कुलमानसँग सरकारले माग्यो ४ वर्षयताका ठेक्काको विवरण, विवादित ठेक्काको कारणसमेत उपलब्ध गराउन निर्देशन
चर्चाको उन्मादमा भ्रष्ट कुलमान, यी हुन् कानुन नमानेका प्रमाण
कुलमानलाई स्पष्टीकरण : यस्तो छ १५ बुँदेको आधार
पुनः टेन्डर गर्न ईआईबीको स्वीकृति भन्दै कुलमानले मन्त्रालयलाईसमेत ढाँटे
कुलमानले विवाद निम्त्याएको ठेक्कामा पुनः टेन्डरको प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश
कुलमानको केटाकेटीपन : सरकारी निर्देशनको ‘ठ्याक्कै विपरित’ गर्न उद्यत
सरकार-कुलमान बढ्दो टसल, सरकारले हटाए कुलमानलाई सजिलो छैन अदालतको बाटो!
ठेक्का प्रक्रियामा कुलमानमाथि छानबिन गर्न समिति गठन, किर्तेमा पनि मुछिन सक्ने
ऊर्जा क्षेत्रको विकृति : स्वार्थ हाबी हुँदा बन्धक पूर्वाधार, मन्त्रीका कारण कांग्रेस बदनाम!
कुलमानलाई उनकै कर्मचारीको सुझाव : ‘संस्थाको माया भए राजीनामा गरी मार्ग प्रशस्त गर्नुहोस्’
‘कुलमानमा मै हुँ भन्ने प्रवृत्ति छ’
नाफाको निरन्तर हल्ला फैलाउने विद्युत् प्राधिकरणको ऋण नै पौने ३ खर्ब
संसद्मा ऊर्जा मन्त्रीको प्रश्न : कुलमान कानुनभन्दा माथि हो?