८० हजार घुससहित पक्राउ परेका रेन्जरसहित दुईजनाविरुद्ध मुद्दा दायर

काठको मुद्दा सल्टाइदिने भन्दै ट्रयाक्टर चालकसँग घूस लिने रेन्जर रामऔतार चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । कैलालीको तारानगरस्थित सव-डिभिजन वन कार्यालयले ट्रयाक्टरका चालकसहित काठ बरामद गरेको थियो ।
Advertisement 1
बरामद काठको मुद्दा मिलाइदिने भन्दै घुस लिएको आरोप लागेका धनगढीस्थित सवडिभिजन वन कार्यालयका रेन्जर रामऔतार चौधरी र बिचौलिया भनिएका सीताराम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद रानाविरुद्ध कारबाही अगाडि बढाइएको हो ।
कैलालीमा वनको टोलीले ट्र्याक्टरका चालकसहित काठ बरामद गरेको थियो । तर, चौधरीले ‘काठको मुद्दा मिलाइदिन्छु’ भनेर घुस लिएको दाबी अख्तियारको छ । यस्तै, विचौलियाको भूमिका निर्वाह गर्ने सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानालाई पनि अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा रेन्जर -अधिकृत छैठौं_ चौधरीले सेवाग्राहीको मुद्दामा सहजीकरण गरिदिने प्रयोजनार्थ घुस लिएको पुष्टि भएपछि दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार आयोगले अभियोगपत्र दायर गरेको हो।