काठमाडौं महानगरमा सर्तकता केन्द्रको छड्के, ५७ प्रतिशत सेवाग्राही नागरिक वडापत्रबारे बेखबर

३ वटा निकायमा भएको अनुगमनमा एकैदिन २८ कर्मचारी छड्केमा परेका छन् । आइतबार राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं महानगरपालिका र वडा नम्बर १० र वडा नम्बर २९ मा छड्के गरेको थियो ।

Advertisement 1

महानगरपालिकाको कार्यालयमा छड्के अनुगमनका क्रममा नौ जना कर्मचारी तोकिएको पोशाक नलगाएर कार्यालयमा उपस्थित भएको पाइएको छ ।साथै दुई जना कर्मचारी कार्यकक्षमा भेटिएनन् । महानगरपालिकाको वडा नम्बर १० को कार्यालयमा सात तथा अनुपस्थित रहेको, एक जना कार्यकक्षमा नभेटिएको तथा वडा नम्बर २९ को कार्यालयमा पाँच जना कर्मचारी अनुपस्थित रहेको र तीन जनाले तोकिएको पोशाक नलगाएको भेटिएका छन् ।

केन्द्रको छड्के अनुगमनका क्रममा वडा नम्बर २९ को कार्यालयमा महिला पुरुषको शौचालय नुछुट्याइएको, स्तनपान कक्ष नभएको, चमेनागृह नरहेको पनि पाइएको छ भने वडा नम्बर १० को कार्यालयमा स्तनपान कक्ष र चमेनागृह नभएको तथा सहायता कक्ष निर्माणाधिन अवस्थामा रहेको पाइएको छ ।

Advertisement 2

केन्द्रले छड्के अनुगमनका क्रममा सेवाग्राही सर्वेक्षण फाराम पनि भरेको छ । जसमा काठमाडौं महानगरपालिकामा १९ जनाको सेवाग्राही सर्वेक्षण फाराम भर्दा जम्मा सेवाग्राहीको ११ जनाले आफुलाई नागरिक वडापत्रको बारेमा जानकारी नरहेको बताएका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रले सरकारी सेवा लिँदा सेवाग्राहीको सन्तृष्टि सम्बन्धि सर्भेक्षण थालेको छ । केन्द्रबाट खटिएका कर्मचारीहरुले काठमाडौं महानगरपालिकामा सेवा लिन पुगेका सेवाग्राहीलाई एउटा सर्भेक्षण फाराम भराई,त्यसबाट उनीहरुले सेवा प्राप्त गर्दा भोगेका सहज वा असहज स्थितिलाई मूल्यांकन गर्दै सेवाग्राहीको सन्तृष्टि सर्भेक्षण शुरुवात गरिएको सचिव रामआधार साहले इकर्मचारी डटकमलाई जनाएका छन् । केन्द्रको कुर्सीमा पुगेसँगै सचिव रामआधार साहले यो किसिमको कामको शुरुवात गरेका हुन ।

Advertisement 3

केन्द्रले सेवाग्राहीसँग विभिन्न दश वटा बिषयमा प्रश्न गर्ने छ र सोको आधारमा सेवाग्राहीको सन्तृष्टिसम्बन्धि मूल्यांकन गर्ने लागेको हो । जहाँ सेवाग्राहीले भोग्नु परेको दुख,कष्ट,हैरानीका अलवा नजराना (घुस) दिनुपरेको भए सो समेत खुलाउन भनिएको छ ।फाराममा सेवाग्राहीलाई उनीहरुको नाम,ठेगना,लिङ्ग,कार्यालयमा के कति कामले गएको हो सो को विवरण सोध्ेको छ ।

प्रकाशित :२०८० माघ २१, आईतवार २१:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry