बाँकेमा थपिए ३ हजार ७७६ मतदाता

नेपालगञ्ज। निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँकेमा ३ हजार ७७६ मतदाता थपिएका छन्।

Advertisement 1

जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा दुई हजार ५२९ र नागरिकताका आधारमा १ हजार २४७ जनाले मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन्। राष्ट्रिय परिचयपत्रका आधारमा १ हजार ३७१ पुरुष र १ हजार १५८ महिला तथा नागरिकताका आधारमा ६५७ पुरुष र ५९० महिलाले नाम दर्ता गराएका उनले बताए।

आयोगले सूचना जारी नगर्दासम्म निरन्तर मतदाता नामावली दर्ताको काम हुने उल्लेख गर्दै प्रमुख शाहीले युवा पुस्ताले धमाधम मतदाता नामावलीमा नाम दर्ता गराउन थालेका बताए।

Advertisement 2

उनले भने, “अहिले अनलाइनबाट सेवा लिनेहरु बढ्दै गएका छन्।” प्रमुख शाहीले जिल्लाका कोहलपुर, राप्तीसोनारी, डुडुवा, नरैनापुर, जानकी, खजुरालगायतका क्षेत्रबाट मतदाता नामावलीमा नाम दर्ता भइरहेको उल्लेख गर्दै त्रुटि सच्चाउने र अद्यावधिक गर्ने कार्य पनि जारी रहेको बताए।

अन्तिम नामावली प्रकाशन भएपछि मात्रै बाँकेमा कति मतदाता नयाँ थपिए भन्ने निक्र्यौल हुने उल्लेख गर्दै प्रमुख शाहीले बाहिरी जिल्लाका लागि पनि बाँकेबाट मतदाता परिचयपत्रका लागि नाम दर्ता भइरहेको बताए।

Advertisement 3

विसं २०८२ को निर्वाचनसम्ममा बाँकेबाट ३ लाख ५० हजार ३७१ जनाले मतादाता नामावलीमा नाम दर्ता गराएका थिए। तीमध्ये १ लाख ७२ हजार २२३ महिला र १ लाख ७८ हजार १३९ पुरुष रहेका थिए भने अन्य ९ जना रहेका थिए। आयोगले बाँकेमा २०८२ चैत २२ गतेदेखि मतदाता नमावलीका लागि नाम दर्ता गर्ने प्रक्रिया सुरु गरेको थियो।

प्रकाशित :२०८३ श्रावण २१, बिहीबार १६:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry