त्रिवि सेवा आयोगले माग्यो ७ सयभन्दा बढी कर्मचारी

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले ७ सय जनाभन्दा बढी कर्मचारीका लागि आवेदन माग गरेको छ। आयोगले मंगलबार सूचना जारी गर्दै विभिन्न पदमा ७ सय जनाभन्दा बढी कर्मचारी माग गरेको हो।

Advertisement 1

आयोगले प्राविधिक तथा अप्राविधिक पदहरुमा आन्तरिक तथा खुला प्रतिस्पर्धामार्फत विज्ञापनमा सहभागी हुन अनुरोध गरेको छ।

आगामी चैत ११ गतेसम्म तोकिएको दस्तुरमा र त्यसको एक हप्तापछिसम्म दोब्बर दस्तुमा आवेदन दिन पाइने आयोगले उल्लेख गरेको छ।

Advertisement 2

प्रकाशित :२०८१ फाल्गुन ६, मंगलवार ०९:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry