त्रिकोणात्मक महिला टी२० क्रिकेट आजदेखि, पहिलो खेलमा नेपाल-नेदरल्याण्ड्स खेल्दै

काठमाडौं। आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्डबीच त्रिदेशीय महिला टी–२० क्रिकेट सुरु हुँदैछ।

Advertisement 1

पहिलो खेल आज दिउँसो सवा १२ बजे नेपाल र नेदरल्याण्ड्सबीच हुनेछ। नेपालले महिला क्रिकेटमा नेदरल्याण्ड्ससँग पहिलो पटक खेल्न लागेको हो। नेपालले नेदरल्याण्ड्ससँग ३ र थाइल्याण्डसँग ३ खेल खेल्नेछ।

अर्थात् त्रिकोणात्मक खेलमा तीनवटै टिमले ६–६ खेल खेल्ने तालिका छ। अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन्।

प्रकाशित :२०८१ माघ १७, बिहीबार ११:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry