सन्दीपको मुद्दामा बहस सकियो, कस्तो आउला आदेश ?

क्रिकेटर सन्दीप लामिछानेलाई लागेको नाबालिग बलात्कारको मुद्दामा पीडितको पक्षबाट जवाफी बहस सकिएको छ।
जिल्ला अदालत काठमाडौँमा निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको हो । लामिछानेविरुद्ध परेको मुद्दामा जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारी र निजी वकिल शान्ति रिसाल काफ्लेले जवाफी बहस सकेका छन्।

Advertisement 1

बिहीबार लामिछानेको तर्फबाट बहस भएको थियो भने शुक्रबार सरकारी वकिलले जवाफी बहस गरेका हुन् । जवाफी बहस सकिएसँगै केहीबेरमै आदेश आउने अदालतका सूचना अधिकारी दीपक दाहालले जनाएका छन् ।

गत मंगलबारदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजालसमा जारी सुनुवाइमा जवाफी बहस सकिएसँगै अब थुनछेकको आदेश आउन लागेको हो।

Advertisement 2

आदेश तयारी भएसँगै शुक्रबार अपरान्हसम्ममा यो मुद्दामा न्यायाधीश घिमिरेले कारागार पठाउने या रिहा गर्ने निर्णय दिनेछन्।

 

प्रकाशित :२०७९ कार्तिक १८, शुक्रबार १४:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry