गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफका सेवामा छुट

काठमाडौं। गरिमा विकास बैंकका ग्राहकले वात्सल्य नेचुरल आईभिएफका सेवामा छुट पाउने भएका छन्। त्यसका लागि दुई संस्थाबीच सम्झौता गरिएको छ।

Advertisement 1

सम्झौतामा बैंकका लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रमेश रिजाल र वात्सल्य नेचुरल आईभिएफका डिजिटल तथा मिडिया म्यानेजर नविन विष्टले हस्ताक्षर गरेका छन्।

वात्सल्य नेचुरल आईभिएफले निसन्तानपनको उपचार गर्दै आएको छ। सम्झौताअनुसार बैंकका ग्राहकहरुले वात्सल्य नेचुरल आईभिएफमा निसन्तान सम्बन्धी उपचारको प्याकेजमा १० हजार रुपैयाँ तथा प्याथोलोजी परीक्षणमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन्।

Advertisement 2

बैंकका खातावाल ग्राहक, डेबिट तथा क्रेडिट कार्ड होल्डरहरुले वात्सल्य नेचुरल आईभिएफको सम्पूर्ण आउटलेटहरुबाट उक्त छुट प्राप्त गर्ने बैंकले जानकारी दिएको छ।

प्रकाशित :२०८१ माघ १६, बुधबार १३:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry