आयल निगमका कर्मचारीमाथि खनिए आपूर्ति मन्त्री

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी नेपाल आयल निगमका कर्मचारीहरुमाथि खनिएका छन्। निगमले आयोजना गरेको ५५औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले कर्मचारीलाई कामै नगरेको आरोप लगाएका हुन्।

Advertisement 1

निगमका उच्च पदमा रहेका कर्मचारीहरुले काम नै नगरेको मन्त्री भण्डारीले बताएका हुन्। ‘निगमभित्र आठौं र ९औं तहमाथिका औंलामा गन्न सकिने कर्मचारी छन्,’ उनले भने, ‘परिणाम देखिने गरी काम गर्ने तत्परता देखाएका छैनन्।’

उनले निगमभित्र भौतिक संरचना निर्माणका धेरै काम गर्नुपर्ने भए पनि निगमका उच्चपदस्थ कर्मचारीले काम गर्ने तत्परता नदेखाएको आरोप लगाए। ‘गर्नुपर्ने काम धेरै छ, भौतिक संरचना निर्माणका काम, व्यवसाय विस्तारका काम धेरै छन्,’ उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपो सार्ने कामसमेत अपेक्षित ढंगले अघि बढेको छैन। यद्दपि प्रक्रिया अघि बढेको छ।’

Advertisement 2

घना बस्तीमा रहेका अन्य जोखिमयुक्त डिपोसमेत स्थानान्तरण गर्नुपर्ने भए पनि कर्मचारीले तत्परता नदेखाएको उनको भनाइ थियो।

त्यस्तै निगम नेतृत्वले नियमन गर्ने निकायहरुको डर नमानी दृढ भएर निर्णय गर्नुपर्ने पनि औंल्याए।

प्रकाशित :२०८१ पुष २६, शुक्रबार १४:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry