यस्तो छ सोमबारको विदेश मुद्रा विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, कुवेती दिनारसहितका विदेशी मुद्राको विनियमदर हिजोकै यथावत रहँदा अस्ट्रेलियन डलर, बहराइन दिनारसहित केही मुद्राको मूल्यमा गिरावट आएको छ।

Advertisement 1

त्यसैगरी युरो, पाउन्डसहितका कतिपय विदेशी मुद्राको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ। शनिबार अमेरिकी डलरले नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो। अमेरिकी डलर विगत तीन दिनदेख सोही मूल्यमा कारोबार भइरहेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा छ।

प्रकाशित :२०८१ पुष २२, सोमबार ०८:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry